पोते लगाउनेले, चुरा लगाउनेले,
मन छियाछिया पारी कुरा लगाउनेले ।
आधा आधामा बाँच्छन्, फुुर्सदमा को पो छ र ?
गल्ती हजार गर्छन् पुरा लगाउनेले ।
ढाँटेरै बाँच्ने रै’छ दुनियाँको यो रीत ।
साँचो बोलेको देखेँ सुरा लगाउनेले ।
देशै बिगारिदिए नेता भनाउँदाले,
रथै बिगारेजस्तै धुरा लगाउनेले ।
रेट्दै गएछ केले नाजुक यो घाँटीलाई ?
जोगाई राखेछ बरु छुरा लगाउनेले ।