मकवानपुर, २० भदौ ।
मकवानपुरको अग्रणी साहित्यिक संस्थाको रूपमा रहेको झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले नारीहरूको महान् पर्व तिजको अवसरमा बिहीबार महेन्द्र मावि (प्राविधिक शिक्षालय) बकैया–४, छतिवनमा सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ ।
झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बकैया–५ का वडाअध्यक्ष लक्ष्मी जिम्बा, बकैया–४ का कार्यवाहक वडाअध्यक्ष विजय भोलन, (झसाप) मकवानपुरका संरक्षक तथा महेन्द्र माविका विव्यस अध्यक्ष परशुराम गौतम, बकैया गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी माझी, समाजसेवी चन्द्रकुमार राई, (झसाप) मकवानपुरका संरक्षक उद्धवप्रसाद सापकोटा, विष्णुहरि महर्जनलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा भएको नृत्य प्रतियोगिताको निर्णय दुई समुहमा गरिएको थियो । कक्षा ६–१२ तह अर्न्तगत सलिना भोम्जन, सोनिका गौतम, अस्मिता बाईबा, समीक्षा जिम्बा र मनिषा तितुङको समुह प्रथम, रेशु जिम्बा, दीपिका थिङ र गंगा गोलेको समुह द्वितीय र सुविना श्रेष्ठ, सुमिना गोले, सिर्जना लामा, सोनिया माझी, प्रास्ना थिङ र सोनिया तितुङको समुह तृतीय भएका थिए । यस्तै कक्षा १–५ तह अर्न्तगत रितिका माझी, बास्ना मोक्तान, जेनिषा थिङ र आयुषा रसाइलीको समुह प्रथम, आरध्या बस्नेत, प्रियल घलान, सन्तोषी सुनार, अन्जना लामा र सुप्रिया माझीको समुह द्वितीय, सोनिक्षा थिङ र अब्नी राईको समुह तृतीय भएका थिए । नृत्य प्रतियोगिताको निर्णायकमा शिक्षक कल्याण राई, दीपा बल र सम्झना केसीले गर्नुभएको थियो ।
हरेक बर्ष तिज पर्वका अवसरमा (झसाप) मकवानपुरले कार्यक्रम गर्दै आएकोमा यो वर्ष पनि महेन्द्र मावि (प्राविधिक शिक्षालय)को सहकार्यमा कार्यक्रम गरिएको (झसाप) मकवानपुरका सचिव मसान उपासकले बताए ।
(झसाप) मकवानपुरका उपाध्यक्ष एवम् महेन्द्र माविका अतिरिक्त क्रियाकलाप संयोजक गायत्री रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र माविका कार्यबाहक प्रधानाध्यापक छवि राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण महेन्द्र माविका शिक्षक विवेक बोलखेले गरेका थिए ।