इच्छाकामना, २० भदौ ।
नेपाली महिलाहरुको महान पर्व तीज सांस्कृतिक पर्व मात्र नभई देश परिवर्तनका निम्ति समेत यो पर्वको महत्वपूर्ण भूमिका रहेको बागमती प्रदेशका वन तथा वातवारणमन्त्री कृष्ण सिलवालले बताएका छन् । बुधबार चितवनको इच्छाकामना गाउँपालिकाले कुरिनटारमा आयोजना गरेको तीजगीत प्रतियोगितालाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले हिजोका दिनमा चेलीहरु माइत आएको बेला आफ्नो दुःख, वेदना तीजको गीतमार्फत पोख्ने सांस्कृतिक चलन रहेकोमा विस्तारै समाज परिवर्तन र देश परिवर्तनका लागि जनतालाई जागरुक बनाउन पनि तीजगीतहरु गाइने गरेकोले देश परिवर्तनका निम्ति पनि यो पर्वको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
तीजगीतकै माध्यमबाट समाजमा राजनैतिक चेतना पैmलाउन महिलाहरुले योगदान पु¥याएकोले देशमा परिवर्तन आउन सम्भव भएको उनले बताए । उनले स्थानीय जनताको सकारात्मक परिवर्तनका लागि आफू सदैव लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।