मकवानपुर, १७ भदौ ।
मकवानपुरकाे हेटौंडाबाट काठमाडौँ जाने छोटो दुरीकाे मार्ग अन्तरगत भीमफेदी– कुलेखानी खण्डको जुरीखेतमा मोटरसाइकल भीरबाट खस्दा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ४० वर्षीय वृतनारायण यादव रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले सोमबार काठमाडौंबाट हेटौंडा आउँदै गरेकाे मधेस प्रदेशकाे प्रदेश २–०३–०१२ १ प ३४७४ नम्बरको मोटरसाइकल भीमफेदी–६ जुरीखेत ११ घुम्ती स्थित भीरबाट ५०० मिटर तल खस्दा यादव र माेटरसाइकल पछाडि सवार बाराको फेटा गाउँपालिका–७ का ३६ वर्षीय रमेश पाण्डे घाइते भएकाे थिए ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएकाे प्रहरी टोलीले घाइतेहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा यादवकाे साेमबार बेलुका डाक्टरले मृत घाेषणा गरेका हुन् । पाण्डेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।