भरतपुर, ११ भदौ ।
पुर्बेली समाज चितवनले १८ औँ स्थापना दिवस एक कार्यक्रम गरी मनाएको छ । समाजका अध्यक्ष तेजप्रसाद चुडालको अध्यक्षता र सल्लाहकार गायत्री श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष भवीन्द्र कन्दङ्वाले स्वागत मन्तव्य दिएका थिए ।
समाजका संस्थापक अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई र सल्लाहकार नरेन्द्र कन्दङ्वाले पुर्बेली समाजको आवश्यकता र स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए । त्यसैगरी डिआर पोख्रेललगायत नवआगन्तुक पुर्वेलीजनले शुभकामना मन्तव्य दिएका थिए ।
समाजका सचिव पदम अर्याल, रमेश सुब्बाले कविता वाचन र सदस्य सिम्रन चुडालले सुमधुर गीत गाई कार्यक्रममा मनोरञ्जन दिएका थिए ।