भरतपुर, १० भदौ ।
विद्युतीय कारमात्र होइन भ्यान र माइक्रोबसमा समेत उपभोक्ताको आकर्षण बढ्दै गइरहेका बेला नयाँ विद्युतीय म्याजिक नेपाल आएको छ । एसआरएम ब्रान्डले नेपालमानै पहिलो पटक छोटो दुरीलाई लक्षित गरेर नयाँ विद्युतीय म्याजिक बजारमा ल्याएको हो ।
इनर्जी मोटर्स प्रालिले एसआरएम म्याजिक इभिको भरतपुर केन्द्रीय बस टर्मिनलमा रहेको आफ्नो शाखामा एक कार्यक्रमका बीच सार्वजनिक तथा बिक्रिका लागि बुकिङ्ग खुला गरेको छ ।
विशाल ग्रुप प्रालिका सिईओ विवेक बिजुक्छेका अनुसार एसआरएम म्याजिक इभिमा आधुनिक र आकर्षक डिजाइनसहितको पावरफुल इलेक्ट्रिक मोटर र लामो समय टिक्ने बैट्रीको सुविधा छ । शहरी क्षेत्रको यसले दैनिकीलाई सहज बनाउनने छ । अहिले बुकिङ्गको समयमा कम्पनीले ३७ लाख पर्ने गाडीलाई २ लाख छुट्मा दिने समेत बताएको छ ।
६ वर्षसम्म ३ लाख ६० हजार किलोमिटरको वारेण्टी कम्पनीले गाडीमा दिएको छ । यो म्याजिक फुल चार्जमा २ सय ४० किलोमिटर गुड्ने विजुक्छेले बताए ।
११ जना सिट क्षमता भएको यो म्याजिकमा इलेक्टोनिक पावर स्टीयरिङका साथै ड्राइभिङ टाइप रियर व्हील ड्राइभ रहेको छ । व्हील हर्व मटेरियल अल्लोइ व्हील रहेको छ भने उक्त भ्यानमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ।