भरतपुर, ८ भदौ
चितवन साइकल राइडर्स क्लबले चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ। क्लबका अध्यक्ष पदमबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्रमुख अतिथि थिए ।
क्लबका सल्लाहाकार निरञ्जन प्रधानले वातावरण, स्वास्थ्य र पर्यापर्यटनको लागि अनि प्रदूषणमुक्त समाज निर्माणको लागि साइकल संस्कृतिको विकास हुन जरुरी रहेको र चितवन साइकल राइडर्स क्लबले त्यसको लागि पहलकदमी गरेकोमा धन्यवाद व्यक्त गरे ।
क्लबका सचिव रामचन्द्र सुवेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जनककुमार ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका सहसचिव विजय श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधान र प्रथम उपाध्यक्ष राजेन्द्र ओली विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो ।
क्लबका उपाध्यक्ष धर्मराज सापकोटाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुवेदीले साइकल संस्कृतिको विकास र प्रबर्द्धनको लागि उद्योग वाणिज्य संघ चितवन सदैव साइकल राइडर्स क्लबको साथमा रहेको र क्लबले गर्ने कार्यक्रमा संघको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।