भरतपुर, ७ भदौ ।
महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजित “दोश्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी सकिएको छ । आज शुक्रबारदेखि मेला सुरु हुँदैछ ।
उद्यमशील महिलाहरुलाई एकै छानामुनि जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशीलतालाई टेवा पु¥याउने उद्देश्यका साथ चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको हो ।
महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्ने र उनीहरुका लागि बजार खोज्ने, ब्रान्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने, उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गरी महिलाका लागि लगानीको अवसर खोज्ने एक्स्पोको उद्देश्य रहेको छ ।
लक्षित प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रियामार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रवद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशीलताको क्षेत्रमा थप हौसला प्रदान गर्ने साथै तीज पर्वलाई उद्यमशील सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।
एक्स्पो अन्तर्गत हस्तकलाका सामानहरु, तीज विशेष सामग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल, बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी) हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टल रहने छन् ।
मेलामा तीजका लागि उपयोगी हुने उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, अस्मिता डल्लाकोटी, श्याम राना, प्रकाश पराजुली, पार्वती भुजेल लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुति, तीज गीत प्रतियोगिता, महिला उद्यमशीलताको सम्भावना, अवसर र चुनौती शीर्षकमा प्यानल छलफलसहित नीतिगत बहस, उद्यमशीलता सम्बन्धि ज्ञान आदानप्रदान तथा उद्यमी उत्पे्ररणाका कार्यक्रमहरु रहेको आयोजकले जनाएको छ ।
एक्स्पोमा प्रदर्शकको रुपमा सहभागी हुन चाहने व्यक्ति वा संघ–संस्थाले आफ्नो उत्पादन तथा सेवाको स्टल राख्न सक्नेछन् भने एक्स्पोमा प्रायोजक, सह–प्रायोजकको रुपमा इच्छुक विभिन्न उद्योग प्रतिष्ठानले समेत सहकार्य गर्न सक्नेछन् ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजारभन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । चितवनका सम्पूर्ण पालिकाहरुबाट आउने अवलोकनकर्ताहरुलाई निःशुल्क बस सेवाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
मेला सफल बनाउनको लागि चितवनका स्थानीय पालिकाहरु, उद्योग तथा वाणिज्य कार्यालय, चितवन लगायतले प्रवद्र्धन सहयोग गरेका छन् । कार्यक्रममा सिद्धार्थ बैंक बैकिङ पार्टनर, होटल भिभान्त हस्पिटालिटी पार्टनर, गणपति टे«ड एण्ड सप्लायर्स कस्मेटिक पार्टनर, बोटलर्स नेपाल (तराई) लि. फुड एण्ड वेभरेज पार्टनरको रुपमा रहेको चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले जानकारी दिइन् ।