माडी, ६ भदौ ।
माडी जेसिज र बिटफ्लक्स टेक्नोलोजीको संयुक्त आयोजनामा माडीमा उद्यमशीलता सम्बन्धी सेमिनार सञ्चालन भएको छ । माडी जेसीज २०२४ को `एक कदम उघमशीलता तर्फ´ (IGNITING IDEAS, EMPOWERING ENTREPRENEURS) कार्यक्रम सम्पन्न भएको हो । जेसी सन्तोष भट्टराई अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन् ।
त्यसैगरी विशिष्ट अतिथिहरूमा माडी नगरपालिकाका प्रशाशकीय अधिकृत शेषकान्त पौडल, माडी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुरन महतो, माडी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिवनारायण महतो गुरौ, माडी कृषि प्रांगारिक फर्म सन्चालक डा. भानेश्वर पोखरेल, माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्री, माडी नगरपालिका आईटी शाखा प्रमुख प्रविण भन्डारी, माडी नगरपालिका कृषि तथा मत्स्य शाखा प्रमुख डा. रविन बस्ताकोटी, माडी जेसीज मानार्थ सदस्य भागीरथ बस्याल, पूर्व अध्यक्ष जेसी कृष्णहरि अधिकारी, प्रदेश युवा परिपद् चितवन जिल्ला अध्यक्ष रामचन्द्र लम्साल, उद्योग वाणिज्य संघ माडी ईकाई अध्यक्ष रेशमलाल आचार्य, सामुदायिक रेडियो माडीका अध्यक्ष ओमनाथ पाण्डे, माडी क्याम्पस स्ववियु अध्यक्ष राकेश चौधरी, माडी नगर युवा सञ्जाल अध्यक्ष मिरन दनुवारको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजक महासचिव जेसी ईश्वर रानाभाट थिए भने कार्यक्रम सञ्चालन सहसचिव जेसी प्रशमा पौडलले गरेकी थिइन् ।
बिटफ्लक्स टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. प्रविण काफ्ले र कन्सल्ट्यान्ट निश्चल बराल प्रशिक्षक रहेको उक्त कार्यक्रममा माडी क्याम्पसका १५० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।
कार्यक्रममा उद्यमी मानसिकता, उद्यमशीलता, स्टार्टअप एवं माडीमा उद्यमशीलताको सम्भावना जस्ता विषयमा चर्चा भएको थियो । कार्यक्रमलाई हिरो मोटर्स, जय सन्तोषी मा सुनचाँदी पसल, एम्स एसीसीए, आकार एकेडेमी एबम् माडी क्याम्पसले सहयोग गरेको थियो ।