भरतपुर, ५ भदौ ।
बिहानैदेखि परेको पानीको कुनै प्रवाह नगरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गरेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा बुधबार बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेला दिउँसो ३ बजेसम्म चलेको थियो । पानी परेपनि विद्यार्थी तथा अभिभावकहरु समयमै कार्यक्रममा सहभागिता जनाएका थिए । उनीहरुले शैक्षिक मेलामा आफूले बुझ्न चाहेको विषय र आफ्नो अपेक्षा पुरा भएको प्रतिक्रिया दिएका थिए ।
मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले विद्यार्थीलाई जानकारी दिएका थिए । उनीहरुले विद्यार्थीहरु निकै जिज्ञासु रहेको र वर्षाकाबीच पनि उत्साहजनक विद्यार्थी उपस्थिति जनाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले वर्षाको कुनै प्रवाह नगरी मेलामा सहभागिता जनाएको भन्दै सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवाद दिए । उनले ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी बनेको बताए । उनले भने–‘मेलामा सहभागि विद्यार्थीबाट सकरात्मक प्रतिक्रिया आएको छ, सही परामर्शका लागि एक्सपर्ट सदैव यसरी नै सहयोगी बन्नेछ ।’
शैक्षिक मेलामा सहभागि विद्यार्थीहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको थियो । उनीहरुले पेन, छातादेखि स्केटिङ, कपाल काट्ने तालिममा छुटलगायतको कुपन प्राप्त गरेका थिए ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।