चितवन, ५ भदौ ।
कालिका नगरपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो चितवनको कालिका नगरपालिका–७, स्याउली बजार नजिकै खोलाले बगाएर एक बालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय राम अर्यालको मृत्यु भएको हो । खोलामा हात खुट्टा धोइरहेको अवस्थामा अर्याललाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएको दुई घण्टापछि ४ किलोमिटर तल कालिका–६ स्थित कुलोमा अर्याल मृत अवस्थामा फेला परेका थिए । शवलाई मंगलबार साँझ नै मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले जनाएकाे छ ।