भरतपुर, २ भदौ ।
नेपाल शिक्षक संघ चितवनले संघको गतिवधिलाई जनस्तरमा पु¥याउन वेबसाइट संचालनमा ल्याएको छ । संघको निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागले वेबसाईट तयार गरेको हो ।
भावी रणनीतिक योजना, वर्तमान कार्यक्रमहरु, सूचना प्रविधिसंग जोडेर संघको गतिविधलाई जनस्तरमा पु¥याउने उद्देश्यले वेबसाइट सुरु गरेको संघका जिल्ला कार्यसमितिका सदस्य अनिष घिमिरेले बताए । बेवसाइटले सबै सदस्यलाई सक्रिय बनाउन सहयोग पुग्ने घिमिरेले बताए । शनिबार नेपाल शिक्षक संघको कार्यालयमा वेबसाइटको सुरुवात गरिएको हो ।
वेबसाइटमा संघका जिल्ला स्थित सदस्यहरुको विवरण उल्लेख गरिएको छ । नेपाल शिक्षक संघ बागमती प्रदेश उपमहासचिव तथा सूचना विभाग प्रमुख रूद्रकुमार धमलाले उद्घाटन गरेका थिए । नेपाल शिक्षक संघ, निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागका संयोजक भविश्वर गुरूङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघका पूर्वअध्यक्षहरु भुवानीप्रसाद पौडेल र मुक्ति ढकाल, पूर्वसचिव प्रेमराज पौडेलले मन्तब्य राखेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल शिक्षक संघ केन्द्रीय सदस्य रूद्रप्रसाद सुवेदी, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, ट्रेड युनियन काँग्रेस केन्द्रीय सदस्य सीता शर्मा ढकालले शुभकामना दिए ।
वेबसाइटको वारेमा प्रदिप काफ्लेले जानकारी गराएका थिए । स्वागत मन्तव्य दिँदै सूचना विभाग सदस्य सुरेश आचार्यले वेबसाईटको औचित्यबारे प्रष्ट पारेका थिए । संघका सूचना विभाग सदस्य राजेन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको सभाहलमा भएको उक्त कार्यक्रममा जिल्लाभरका करिब २ सय जना शिक्षक सहभागी थिए ।