कुरिनटार, २ भदौ ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाललाई इच्छाकामना गाउँपालिकामा भव्य स्वागत गर्दै बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको आयोजनामा शनिबार कुरिनटारमा कार्यक्रम गरी नवनियुक्त मन्त्री सिलवाललाई स्वागत तथा बधाई ज्ञापन गरिएको हो ।
इच्छाकामना गाउँपालिका मन्त्री सिलवालको गृहपालिका हो भने यो क्षेत्रबाट सांसद तथा मन्त्री बन्ने पहिलो व्यक्ति सिलवाल भएकोमा स्थानीयहरु खुशी देखिन्छन् ।
पार्टी अध्यक्ष नरबहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिलवाल रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा एमाले चितवन जिल्ला सचिव प्रकाश ढुंगाना, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलगायत एमालेका कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै वनमन्त्री सिलवालले इच्छाकामनाको शिर नझुक्ने गरी काम गरेर आफ्नो कार्यकाल पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।