भरतपुर, ३२ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर-१० हाकिमचोकस्थित स्याउली बजारमा रहेको भ्याली स्टेट कलेजले बि.एच.सी.एम. र एम.बि.ए. कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भ्याली स्टेट कलेजले बिबिएको अलावा बिएचसीएम र एमबिए कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।
विगत १२ वर्षदेखि बिबिए (BBA) कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको भ्याली स्टेट कलेजले यसै वर्षदेखि चितवनमा नै पहिलोपटक ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (BHCM) को अध्यापन सुरु गर्न लागेको हो । कलेजका प्राचार्य बाबुराम खनालको अनुसार बिएचसीएम अध्ययन पश्चात् विद्यार्थीहरूले अस्पतालको व्यवस्थापन, स्वास्थ्य एवं संघ-संस्थाहरूको व्यवस्थापनलगायतका जिम्मेवारी अत्यन्तै कुशलतापूर्वक गर्न सक्ने र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्नेछन् ।
त्यसैगरी भ्याली स्टेट कलेजले विश्वमै प्रतिष्ठित एमबिए (MBA) कार्यक्रमलाई पनि एक्काइसौँ शताब्दीको मागअनुसार शैक्षिक संस्था र उद्योग व्यवसायलाई जोडेर अत्यन्तै व्यवहारिक तथा प्रयोगात्मक तरिकाले सञ्चालन गर्ने एमबिए कार्यक्रम निर्देशक सुजन कार्कीले बताए ।
महेन्द्र राजमार्गको हाकिमचोकबाट उत्तरतर्फ विद्युत कार्यालय रोडमा रहेको भ्याली स्टेट कलेज चितवनको प्रतिष्ठित शैक्षिक संस्था हो ।