भरतपुर, ३२ साउन ।
कवि अभागी थेगुवाको उपस्थितिमा चितवनमा `एक बसाई अभागी थेगुवासँग´ कार्यक्रम गरिएको छ । पूर्वी नेपालको झापाबाट आएका कवि अभागीसँग चितवनका कविहरूले शुक्रबार साँझ छलफल गर्दै उनका कविता सुनेका छन् ।
कार्यक्रममा कवि थेगुवाले हालै प्रकाशित आफ्नो कवितासङ्ग्रह `सपनाहरूको बही´ बाट केही प्रतिनिधि कविताहरू सुनाए । उनले `बही´, `शिक्षक २´, `नयाँ नेपाल´, `काठमाडौंलाई खबर´, `आस्थासँग सपना´ लगायतका कविता प्रस्तुत गरे ।
उनका कवितामाथि बोल्दै उदय अधिकारीले कवि थेगुवाका कविताहरू अस्तित्वसँग जोडिएका बताए । `मानव जीवनका अस्तित्वहरू उहाँका कवितामा जोडिएर आएका छन् । गाउँसमाज र हाम्रो गणतन्त्रको यथार्थ चित्र उहाँका कवितामा छन् ।´
त्यसैगरी विपिन पाठकले कवितामार्फत कवि थेगुवाको उपस्थिति प्रतिबद्ध भएको बताए । कार्यक्रममा कवि पुष्प अधिकारी अञ्जली र विवश बलिभद्र कोइरालाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कवि अभागी थेगुवा र उनीसँगै आएका कविहरू विवश बलिभद्र कोइराला, राजकुमार सुब्बा र सेलिङ केसीलाई कवि गोविन्दराज विनोदीले मायाको चिनोस्वरुप स्थानीय स्रस्टाका कृतिहरू उपलब्ध गराएका थिए ।
कवि थेगुवा पचासको दशकदेखि निरन्तर नेपाली साहित्य क्षेत्रमा विचार, चेतना र कलाले लेखन कर्म गरिरहेका छन् । सप्तकोशीको किनारमा´ (संयुक्त गजलसङ्ग्रह),
बुद्धले अस्त्र´ (कवितासङ्ग्रह) र म, हर्के अनि युद्ध´ (गजल काव्य) प्रकाशन गरिसकेका थेगुवाको
सपनाहरूको बही´ चौथो पुस्तक हो ।