भरतपुर, ३१ साउन ।
ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्तरुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गरे ।
समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष भट्टराइले ब्रिज देशकै भरपर्दो कन्सल्टेन्सी मध्य एक भएको बताए । उनका अनुसार ब्रिज इक्यानको आधिकारिक वरिष्ठ सदस्य हो । भट्टराइले कन्सल्टेन्सीको थप उन्नति प्रगतिको कामना गरे ।
विशिष्ठ अतिथि शैक्षिक एवं राजनीतिक व्यक्तित्व राजेश्वर खनालले कन्सल्टेन्सीहरुको बिचमा ब्रिजले अलग पहिचान बनाउन सफल रहोस् भन्दै शुभकमना दिए । उनले विद्यार्थीहरुलाई गुणस्तरीय तवरले पढाएर तथा अब्बल बनाएर मात्रै थप अध्ययनका लागि विदेश पठाउन सुझाव दिए ।
त्यस्तै ब्रिजका निर्देशक महेश गिरीले आफूहरुको संस्थामार्फत उच्च शिक्षाका लागि विभिन्न देशमा जाने विद्यार्थी समस्यामा नपर्ने प्रतिवद्धता जनाए । चार्टर्ड एकाउण्न्टेन्ट समेत रहेका गिरीले ब्रिजबाट उच्च शिक्षाका लागि परदेश गएकाहरुलाई साथ र सहयोग रहँदै आएको स्पष्ट पारे । उनका अनुसार विद्यार्थी सम्बन्धित देशको विमानस्थलमा अवतरण गरेदेखि नै ब्रिजका प्रतिनिधिले सहयोग गर्दै आएका छन् ।
उद्घाटन सत्रमा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, बेलायतका कन्ट्रि डाइरेक्टर एण्ड होप्किन्स, ब्रिजका निर्देशक संजय पन्त लगायतले आफ्नो धारण राखेका थिए । कार्यक्रममा ब्रिज चितवनका अध्यक्ष कृसा लम्सालले मन्तव्य राख्दै सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गरेकी थिइन् । सो अवसरमा पत्रकार तथा नारायणी पब्लिक कलेजका व्यस्थापक अनिता खनाल, प्राचार्य बेदराज न्यौपाने र भरतपुरमा सञ्चालित विभिन्न कलेजका सञ्चालक एवं व्यवस्थापकहरुको सहभागिता थियो ।
उद्घाटनकै दिन १ सय भन्दा बढि विद्यार्थीले चितवन शाखाको अवलोकन गर्दे निशुल्क आइइएलटिएस कक्षाका लागि आवेदन भरेका छन् । शाखा भरतपुर १० रिजालचोक विमानस्थल धावनमार्गको अगाडि शान्त वातारणमा अवस्थित छ भने पार्किङको पनि राम्रो सुविधा छ ।
विक्रम संवत २०७२ सालमा स्थापना भएको ब्रिजको हालसम्म देशभर ८ वटा शाखा रहेका छन् । त्यस्तै बैदेशिक शाखाहरु बेलायतको लण्डन र अष्ट्रेलियाको सिड्नीमा रहेका छन् । यस कन्सलटेन्सीले विद्यार्थीहरुलाई बेलायत, अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, आयरल्याण्ड, फ्रान्स, जर्मनी र युरोपका विभिन्न देशहरुमा पठाउँदै आएको छ । केन्द्रीय अध्यक्ष भुवन गिरीका अनुसार स्थापनादेखि हालसम्म ६ हजार ५ सय भन्दा बढि विद्यार्थीको भिसा लागिसकेको छ । प्रत्येक वर्ष ७ देखि ९ सय जनाको भिसा लाग्दै आएको ब्रिजमा प्रत्येक इन्टेकमा भिसा सफल दर ७२ प्रतिशत पुग्ने गरेको छ ।
हवाइजहाजबाट ओर्लने बित्तिकै विद्यार्थी लिन जाने, कोठा खोज्दिने, कलेज चिनाउने र जागिर समेत खोजिदिने भएकाले विद्यार्थी र अभिभावकको रोजाइमा यो कन्सल्टेन्सी पर्दै आएको छ । यसको बेलायत, युरोप र अष्ट्रेलियाका बिभिन्न विश्वबिद्यालयसँग प्रत्यक्ष साझेदारी समेत रहेको छ । आफूसँग सहकार्य भएका कलेजहरुबाट वार्षिक रुपमा २० जना विद्यार्थीलाई ब्रिजले बेलायत र युरोपका विभिन्न कलेज भ्रमण पनि गराउँदै आएको चितवन शाखा म्यानेजर सुनिल मरहठ्ठाले जानकारी दिए । कार्यक्रमको उद्घाटन सत्र शर्मिला पण्डितले संचालन गरेकी थिइन् । सोहि अवसरमा पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाको इक्यानका अध्यक्ष भट्टराई र ब्रिजका अध्यक्ष गिरीले जवाफ दिएका थिए ।