काठमाडौं, २९ साउन ।
मोरु डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन् । पे नेप प्रालिले संचालन गर्दै आइरहेको मोरु डिजिटल वालेट पछिल्लो समयमा लोकप्रिय डिजिटल वालेटको रुपमा स्थापित छ ।
नव नियुक्त संचालक अधिकारीसँग १ दशकको व्यवसायिक अनुभव रहेको छ । शैक्षिक संस्था, कर्पोरेट, संचार, इकमर्श र पुस्तक प्रकाशन क्षेत्रमा लामो समयदेखि कार्यरत अधिकारी कला, साहित्य क्षेत्रमासमेत सक्रिय छन् ।
संचालक समितिमा नियुक्त भएसँगै अधिकारीले कम्पनीलाई छिट्टै आईपिओमा लैजाने तयारी भएको बताएका छन् ।