काठमाडौं ।
ट्रु डर्मा ब्राण्डको ‘ट्रु स्किन’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ ।
शनिबर काठमाडौँमा आयोजित एक कार्यक्रममा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले उक्त ब्राण्डको उत्पादन एकै साथ सार्वजनिक गरेका हुन् । शेखले चर्चित वेभ सिरिज हिरामण्डीमा अभिनय गरेकी छिन् । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडर हुन् ।
ब्राण्डका १६ वटा प्रोडक्ट छन् । लक्जरीयस ५० यसपीएफ प्लस क्रिम,लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा सार्वजनिक भएको हो ।
नेपाली ब्राण्ड रहेको ट्रु डर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्त्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ । ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए ।