कुरिनटार, २६ साउन ।
इच्छाकामना चेम्बर अफ कमर्सको अध्यक्षमा अस्मिनकुमार लम्साल चयन भएका छन् । शनिबार सम्पन्न प्रथम साधारण सभाले लम्सालको अध्यक्षतामा हाललाई १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । चुम्लिङटारमा भएको कार्यक्रमबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षमा मोदराज सिलवाल, महासचिवमा माधवप्रसाद पोखरेल, सचिवमा लक्ष्मी कँडेल र कोषाध्यक्षमा कमला भुजेल चयन भएका छन् ।
सदस्यहरूमा भने रणबहादुर बुढाथोकी, राजु श्रेष्ठ, गोकर्ण श्रेष्ठ, चित्रबहादुर गुरूङ, रूपेश तामाङ, रूद्र त्रिपाठी, राजु सुनार, यमप्रसाद सिलवाल, नारायणप्रसाद पाण्डे, मेघमाया गुरूङ र सावित्री पुडासैनी चयन भएका छन् । संस्थाले दुई सदस्य पछि मनोनित गरी सदस्य सङ्ख्या १९ पुर्याइने बताएको छ ।