चितवन, २४ साउन ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउनेव भएको छ । कलेजले १६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार विविध कार्यक्रम आयोजना गरिएको छ ।
बिहीबार सेन्ट्रल टावरमा आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवका कार्यक्रमहरु सार्वजनिक गरिएको हो । शुक्रबार भरतपुर ओरालोस्थित कलेजको भवन सेन्ट्रल टावरमा औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत बैशाखबाट कलेजले उक्त भवनबाट सेवा सुरु गरिसकेको छ । औपचारिक उद्घाटन भने शुक्रबार गरिने कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले बताए ।
सेन्ट्रल ग्रुपद्वारा सञ्चालित सेन्ट्रल मोडल कलेजको उद्घाटन पनि शुक्रबार गरिने छ । सेन्ट्रल मोडल कलेजले यस वर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । सोही कलेजको औपचारिक उद्घाटन गरिने पौडेलले बताए ।
कलेजले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्दै अध्ययनपश्चात रोजगारी दिलाउने कलेजका कार्यक्रम संयोजक समेत रहेका पौडेलले जानकारी दिए । अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड र एसीसहितका कक्षा कोठामा अध्यापन गराइने उनले बताए । कलेजले विद्यार्थीका लागि निःशुल्क बसको व्यवस्था गरेको छ । अर्को वर्ष मास्टर डिग्रीको कक्षा पनि सञ्चालनको योजना रहेको उनले बताए । निकट भविष्यमा नै एकदेखि १२ सम्मको कक्षा पनि सञ्चालन गर्ने उनले बताए ।
वार्षिकोत्सवका दिन शुक्रबार बिहान ७ बजेबाट कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चितवनमा हुने रगत अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । यस्तै चितवन, नवलपुर र तनहुँका दुई सयभन्दा बढी फुटबल, क्रिकेट तथा भलिबल क्लबहरुलाई खेल सामग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।
यसैगरी चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुनेछ । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आइडल विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काको प्रस्तुति रहने छ । वार्षिक साधारण सभा, सेन्ट्रल कलेजसँग सम्बन्धित म्युजिक भिडियो र सामाजिक संघसंस्थाहरुलाई सम्मानलगयात कार्यक्रम पनि हुने प्रिन्सिपल पौडेलले बताए ।
कार्यक्रमहरु दिनैभर चल्नेछ । कलेजले समाजका हरेको क्षेत्र प्रतिको उत्तरदायित्व बहन गर्दै आएको पौडेलको भनाइ छ । भोलि हुने कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई उनले आग्रह गरे ।