भरतपुर, २४ साउन ।
गायिकाद्वय उमादेवी खनाल र समीक्षा अधिकारीको स्वर रहेको “छोरो बन्न मन छ” बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका खनालले आफ्नो युट्युब च्यानलमार्फत् उक्त गीतको गीति भिडियो सार्वजनिक गरेकी हुन् । गीतको रचना गायिका खनालले गरेकी हुन् भने संगीत पनि आफैँले भरेकी हुन् ।
गीतको भिडियोमा गायिका खनालसँगै सृष्टि वाग्ले, बिनु ढकाल पौडेल, अभिशेक सापकोटा र सुनिता भण्डारीको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा जीत महतोको कोरियोग्राफी रहेको छ भने निर्देशन सतीश राईले गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्: