भरतपुर, २३ साउन ।
नुवाकोटमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा हेलिकोप्टर दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी प्रहरीसहित घटनास्थलमा पुगेका छन् । उनले भने, ‘हामीले दुर्घटनाग्रस्त हेलिकोप्टर देखेका छौँ । चालक दलसहित ५ जना परेको देखिएको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।