भरतपुर, २९ साउन ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख नायब महानिरीक्षक (डिआईजी) बिष्णु केसीले जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको स्थलगत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिएका हुन् ।
निरीक्षणपश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै डिआईजी केसीले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिए ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख एसपी भावेष रिमालले डिआईजी केसी समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन, भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराएका थिए ।