भरतपुर, १७ साउन ।
सँझ्या साहित्यको नयाँ शृङ्खलामा य:मरीको साथमा कवितापारखीले कविताको स्वाद लिन पाउने भएका छन् । कला र कविताका लागि सँझ्या साहित्य अन्तर्गत यसपटक तीन कविका कविता सुन्ने कार्यक्रम राखिएको छ ।
साउन १९ गते शनिबार दिउँसो २:३० बजे नयाँ थिमिस्थित बाइट्ज एन्ड बिन्ज क्याफेमा सँझ्या साहित्य शृंखलामा चितवनका कवि गणेश श्रमणसहित सीता तुम्खेवा र सञ्जय सुमनले कविता सुनाउने छन् ।
कार्यक्रममा तीन जना कविले पाँचपाँचवटा कविता वाचन गर्ने कवि अभय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कविता सुन्न आएका स्रोतालाई नेवारी परिकार य:मरी चखाइने छ । `य:मरीको साथको कविताको स्वाद विशेष मीठो हुने हामीले अनुमान गरेका छौं, अनुकूल मिल्ने सबैजना आइदिनु होला´, कवि अभय श्रेष्ठले भने ।