भरतपुर, १३ साउन ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीले स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२२ सि २ उडिसा, ईन्डियाका डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर लायन प्रदीप अग्रवाल, प्रथम महिला, फष्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन ममता गौतम, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन बोनुमाधव डोरालगायत १२७ जना डिष्ट्रिक्ट पदाधिकारीहरुलाई स्वागत गरेको थियो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२२ सि २ उडिसाले नेपालको काठमाडौंमा आफ्नो डिष्ट्रिक्टको ३४औँ क्याबिनेट पदस्थापना समारोह आयोजना तथा समापन गरेर फिर्ता हुने क्रममा चितवनमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको क्लब लायन्स क्लब अफ नारायणगढ बालकुमारीले उक्त टोलीलाई भरतपुरको क्षेत्रपुरमा रहेको दियालो फुडल्याण्डमा स्वागत कार्यक्रम आयोजना गरेको थियो ।
काठमाडौंबाट फर्कने क्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट एक्ज्युकेटिव चिफ लायन नेत्रप्रसाद आचार्यले भरतपुर महानगरको सक्रियतामा भर्खरै मात्र सर्वसाधारण तथा पर्यटकहरुका लागि भनेर खुल्ला गरिएको पर्यटकिय गन्तव्य दियालो दरबारमा समेत उक्त टोलीलाई अवलोकन गराएको थियो ।
भरतपुर महानगरपालिकाले यस वर्षलाई `घुमौं भरतपुर´ को नारा सहित भरतपुर भ्रमण वर्ष २०२४ भनेर कार्यक्रम समेत सन्चालन गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२२ सि २ उडिसा, ईन्डिया टोलीलाई स्वागत गर्ने कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष लायन शेरबहादुर पौडेलले गरेका थिए भने प्रमुख अतिथि लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपाने, विशेष अतिथिहरु फष्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन नवराज सापकोटा, डिष्ट्रिक्ट ३२५ एस का फष्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन विनय कुमार बस्नेत, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन सिद्धार्थलाल चुके, डिष्ट्रिक्ट एक्जुकेटिव चिफहरु लायन दिपेन्द्र खतिवडा, लायन राजेन्द्र गौतम, लायन नेत्रप्रसाद आचार्य, र लायन बालगोपाल चुके तथा डिष्ट्रिक्टका पब्लिक रिलेशन अफिसर प्रमुख लायन पुरन थापालगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रम सहितको न्यानो आतिथ्य, नयाँ स्थानको भ्रमण, स्वच्छ, शुद्ध र मिठो खानाको लागि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२२ सि २ उडिसा, ईन्डियाका डिष्ट्रिक्टका गभर्नर लायन प्रदीप अग्रवालले आभार प्रकट गर्दै नेपालका लायनहरुलाई उडिसा, जगन्नाथ पुरीको भ्रमण गर्न समेत आग्रह गर्दै स्वागत कार्यक्रमको लागि आयोजक लायन्स क्लब अफ नारायणगढ बालकुमारी र डिष्ट्रिक्ट ३२५ आर नेपाललाई आभार प्रकट गरे ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२२ सि २ उडिसा, ईन्डियाको टोलीलाई स्वागत गर्दै अनुभव साटासाट गर्न पाउँदा खुशी लागेको र भाइचाराको माध्यमबाट यो सम्बन्धलाई अझ सुमुधुर बनाउन कोसिस गर्ने बताउँदै देवभूमि नेपालमा डिष्ट्रिक्ट क्याबिनेटको पदस्थापन समारोह आयोजना गरी नेपाललाई माया गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट एक्ज्युकेटिव चिफ लायन बालगोपाल चुकेले राखेका थिए भने कार्यक्रम सञ्चालन क्लबका सचिव लायन गोविन्द पराजुलीले गरेका थिए ।