भरतपुर, १२ साउन ।
रोटर्याक्ट क्लब अफ भरतपुरको २०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार चितवन गार्डेन रिसोर्टमा भएको उक्त कार्यक्रममा रोटर्याक्टर सबिन पौडेलको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई रोटर्याक्टर लवि तिवारीको अध्यक्षतामा रहेको पुरानो कार्यसमितिले कार्यकाल हस्तान्तरण गरेको हो ।
रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर विक्रम क्षेत्री प्रमुख अतिथि रहेको सो कार्यक्रममा विशेष अतिथिका रुपमा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रोटरीयन विमल क्षेत्रीको उपस्थिति रहेको थियो ।
डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ-इलेक्ट रोटर्याक्टर दिनेश गैरे, सहायक डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर गोविन्द पराजुली, डिस्ट्रिक्ट ३२९२ का सचिव रोटर्याक्टर सुबिन खड्का साथै जोन १४ का जोनल रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर सुरज भण्डारी अतिथिका रुपमा सहभागी थिए ।
रोटर्याक्टर प्रवेश मिश्रले स्वागत मन्तव्य राखेर सुरु गरेको उक्त कार्यक्रमको सञ्चालन रोटर्याक्टर सुशान्त रेग्मी र सुधा रिजालले गरेका थिए । कार्यक्रममा नृत्यमार्फत स्वागत गरिएको थियो । सोही औपचारिक कार्यक्रमका बीच नयाँ कार्यसमितिका सदस्यले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।
साथै क्लबका नयाँ सदस्यहरुका लागि पनि शपथग्रहणको कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा क्लबका सदस्यहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रमको क्रममा अतिथिहरुले संयुक्त रुपमा रोटर्याक्ट क्लब अफ भरतपुरको वार्षिक पुस्तिका `यात्रा´ र क्लब टि-सर्टको विमोचन गरेको क्लबका सचिव रोटर्याक्टर सुशान्त रेग्मीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिआरआर रोटर्याक्टर विक्रम क्षेत्रीले रोटर्याक्ट क्लबको गठन र यसमा सक्रिय सहभागिताले युवावर्गमा अनुशासन, नेतृत्व क्षमता र समाजसेवामा थप टेवा पुगेको बताए । विशेष अतिथि रोटरीयन विमल क्षेत्रीले विगतका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नवगठित कार्यसमितिका अध्यक्षलगायत सबै पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।