भरतपुर, १२ साउन ।
चर्चित गायिका मेनुका पौडेल नगद ५१ हजार राशिसहित सम्मानित भएकी छन् ।
धर्मदर्शन फाउण्डेसनद्वारा सञ्चालित धर्मदर्शन आश्रम, देवघाटधाम, चितवनद्वारा धर्मदर्शन फाउण्डेसनको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा ‘धर्मदर्शन कला–संस्कृति पुरस्कार २०८१’ बाट गत बिहीबार उनी सम्मानित भएकी हुन् ।
भरतपुर–१, देवघाटमा अवस्थित धर्मदर्शन आश्रममा आयोजित ‘श्रीगणेश पुराण’ सङ्गीतमय कथाको दसौँ दिनको सन्ध्याकालीन समारोहअन्तर्गत विश्वप्रसिद्ध ‘गङ्गा आरती’ का बीच धर्मदर्शन आश्रमका अध्यक्ष अन्तर्राष्ट्रिय कथाव्यास १८ महापुराण प्रवक्ता पण्डित कुबेर सुवेदीले गायिका पौडेललाई नगदसहित सम्मान गरेका हुन् ।
कला र गलाद्वारा विश्वभर छाउन सफल, बाल्यकालदेखि नै सामवेद सङ्गीत गायनलाई रागकर्ताजुर्नोभुत अर्जुनले राग आलाप गरेजसरी नै गायनको माध्यमबाट ‘इन्डियन आइडल रियालिटी सो’ मा सर्वोकृष्ट १० औँ स्थान प्राप्त गर्न सफल भए पनि प्रथम स्थानकै प्रतिभा प्रष्फुटन भएको र उस्तै सम्मान तथा प्रशंसा प्राप्त गर्न सफल भएकोमा यस पटक गायिका पौडेललाई यो पुरस्कार प्रदान गरिएको धर्मदर्शन फाउण्डेसन सचिवालयले जनाएको छ ।