रत्ननगर, १२ साउन ।
अग्रज स्रस्टा गणेश शर्मा पौडेल चन्दन सम्मानित भएका छन् । न्यू क्यपिटल कलेज रत्ननगरले शनिबार कार्यक्रम आयोजना गरी अग्रज स्रस्टा पौडेललाई सम्मान गरेको हो ।
न्यू क्यपिटल कलेजका अध्यक्ष घननाथ अर्याल र प्रिन्सिपल भुपेन्द्र धितालले `एनसिसि स्रस्टा सम्मान – २०८१´ बाट पौडेललाई सम्मान गरेका हुन् । नेपाली भाषा, साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका स्थानीय स्रस्टालाई दिइने यो सम्मान २०८० सालबाट प्रदान गर्न थालिएको हो । पहिलोपटक यो सम्मान रामबाबु घिमिरेलाई दिइएको प्रिन्सिपल धितालले बताए । पुरस्कारको राशी १५ हजार एक सय एकाउन्न रुपैयाँ र सम्मानपत्र रहेको छ ।
सोही समारोहमा गणेश शर्मस पौडेल चन्दनको कथासङ्ग्रह `कुथुङ्ग्रो´ र दुर्गा घिमिरेको `चम्पा´ कथासङ्ग्रह विमोचन पनि गरिएको छ । सङ्ग्रहका बारेमा उदय अधिकारी र चिरञ्जीवी दाहालले बोलेका थिए । कार्यक्रममा धनराज गिरी, राजेन्द्र घायल, हरिप्रसाद गजुरेल, वसन्त आचार्य, ईश्वरी ओझा, रामकृष्ण ढकाल, स्वीकृति आचार्यलगायतका स्रस्टाले रचना वाचन गरेका थिए ।