सौराहा, ६ साउन ।
सौराहामा ७ करोड रुपैयाँ लगानीमा चन्द्रमा होटल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएकोछ । भरतपुर महानगरपालिका वडा नम्बर – ९ शरदपुरका युवा व्यवसायी चेतराम गैरेले रत्ननगर वडा नम्बर – ६ सौराहामा १७ कोठे सुविधा सम्पन्न चन्द्रमा होटल सञ्चालनमा ल्याएका हुन् ।
सन २००९ मा जापानको टोकियोबाट व्यवसाय सुरू गरेका युवा व्यवसायी गैरेले नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पनि सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलमा एसीसहितका सुबिधा सम्पन्न कोठा, बिदेशी तथा आन्तरिक पर्यटकलाई स्वादिष्ट परिकारको व्यवस्था रहेको सञ्चालक गैरेले बताए ।
होटलको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा. महाविर पुनले उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले सौराहाका होटलहरूले गुणस्तरीय सेवा सुबिधामा दिनुपर्नेमा जोड दिए ।
होटलका सञ्चालक गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नम्बर- ६ का वडा अध्यक्ष किरण महतो, बाघमार वनका अध्यक्ष जितबहादुर तामाङ, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीलगायतले मन्तव्य राखेका थिए ।
सौराहाका पुराना व्यवसायी तथा समाजसेवी पुरूषोत्तम लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरी, नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरूङ, बछौली प्रहरी चौकी प्रमुख श्याम थापालगायत सौराहाका व्यवसायीहरूको सहभागिता रहेको थियो ।