भरतपुर, ४ साउन ।
लायन्स क्लब इन्टरनेसनल ग्लोबल कजअन्तर्गतका युथ सेक्टरलाई समेट्दै १५ जुलाईमा पर्ने वर्ल्ड युथ स्किल डेको अवसर पारेर नाट्य अभिनय प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेको छ ।
तरङ्ग नाट्य समूहको आयोजनामा लायन्स क्लब अफ नारायणगढ दियालो, लायन्स क्लब अफ भरतपुर र लायन्स क्लब अफ चितवन प्रोफेसनल्सले नारी उत्थान केन्द्र र तरङ्ग नाट्य समूहसँगको सहकार्यमा नाट्य अभिनय प्रशिक्षण कार्यक्रम गरिरहेको छ । लायन्स क्लब अफ भरतपुरका अध्यक्ष लायन सन्तोष मजाकोटी र तरङ्ग नाट्य समूहका अध्यक्ष देवकुमार श्रेष्ठको संयुक्त सहअध्यक्षतामा लायन्स डिस्ट्रीक्ट ३२५ आरका गभर्नर पिएमजेफ दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन नारी उत्थान केन्द्रको सभाहलमा गत सोमबार गरिएको हो ।
सात दिनसम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन सत्र लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्ष लायन असिम हमालले सञ्चालन गरेका थिए भने नारी उत्थान केन्द्रकी अध्यक्ष मञ्जुश्री श्रेष्ठले स्वागत मन्तव्य र लायन्स क्लब अफ चितवन प्रोफेसनल्सका अध्यक्ष लायन निशेष अधिकारीले धन्यवाद मन्तव्य राखेका थिए ।
कार्यक्रममा विशिष्टि अतिथि एमजेएफ लायन प्रभाकर पण्डित, ईन्द्रप्रसाद रेग्मी, अतिथि शान्ता श्रेष्ठलगायतबाट शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा प्रशिक्षकद्वय उज्ज्वलराज ढकाल र राज न्यौपानेले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण कार्यक्रम निशुल्क रूपमा गरिएको हो ।