भरतपुर, ३१ असार ।
चितवन ग्रिन लियो क्लबको अध्यक्षमा लियो मनिस पौडेल नियुक्त भएका छन् । । क्लवको नवौँ वार्षिकोत्सवमा रुपक घिमिरेले पौडेललाई पद हस्तान्तरण गरेका हुन् । भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला परिषद ३२५आर वर्ष २०२३-२४ का अध्यक्ष लियो किरण लामिछाने थिए ।
लामिछानेले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सानो प्रयासले ठूलो प्रतिफल दिन सक्ने भन्दै लियो क्लबले युवाहरुलाई सामाजिक कार्यमा जोडेको बताए । उनले कोभिड–१९ महामारीमा पनि चितवन ग्रिन लियो क्लवले उदाहरणीय कार्य गरेको धारणा राखे ।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले लियोको मूल्य मान्यतालाई आत्मसात गर्दै आगामी कार्य योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।