भरतपुर, २९ असार ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालका जोन २६, २७ र ४३ को पहिलो जोनल बैठक नारायणगढमा सम्पन्न भएको छ । कलष्टर ४ अन्तर्गतको रिजन १३ का तीन वटा जोन अन्तर्गतका १० वटा क्लबको सहभागिता रहेको उक्त बैठकको अध्यक्षता जोन २६ का जोन चेयरपर्सन लायन किरण न्यौपानेले गरेका थिए ।
सहअध्यक्षता जोन २७ र ४३ का जोन चेयरपर्सन लायन हिमा श्रेष्ठ तथा लायन चाहना पियाले गरेका थिए । रिजन १३ अन्तर्गतका लायन्स क्लब अफ चितवन हेल्पिङ ह्याण्ड, लायन्स क्लब अफ चितवन न्यू भोईसस र लायन्स क्लब अफ नारायणी क्रियटिवले आयोजनाको गरेको उक्त कार्यक्रममा कलष्टर चिफ लायन सरोज खराल तथा रिजन चेयरपर्सन लायन सबित्री पौडेल अवलोकनकर्ताको रुपमा उपस्थित थिए ।
कलष्टर अन्तर्गतका क्लबहरुको इन्टरनेसनल ड्यु, डिष्ट्रिक्ट ड्युज र कल्ष्टर ड्युजको जानकारी तथा हालसम्म क्लबले गरेका बैठक, कार्यक्रम तथा वार्षिक कार्ययोजन र अन्य गतिबिधीका बारेमा जानकारी गराइएको थियो । कार्यकममा विभिन्न एजेन्डाहरुमा छलफल समेत गरिएको थियो । जोन २७ का जोन चेयरपर्सन हिमा श्रेष्ठले सञ्चालन गरेको उक्त बैठकमा जोन ४३ का जोन चेयरपर्सन लायन चाहना पियाले स्वागत मन्तव्य राखेकी थिइन् ।
अवलोकनकर्ताद्वय रिजन चेयरपर्सन लायन सबित्री पौडेल र कलष्टर चिफ लायन सरोज खरालले अवलोकन टिप्पणी राखेको जानकारी लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलले दिए ।