भरतपुर, २८ असार ।
व्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि उत्तिकै सक्रिय होटल व्यवसायी संघ चितवनले यहि असार २८ गते बिहान नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालको पहिरोमा परी बेपत्ता भएकाहरुका आफन्तलाई नि:शुल्क खाना बस्नको व्यवस्था गरेको छ ।
पहिरोमा परी बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।
बाढीपहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएको बताउँदै अध्यक्ष भट्टले पहिरोमा परी बेपत्ता भएका आफन्तलाई खोजी कार्यको लागि आउँदा भनेको समयमा पैसा नहुने हुँदा पैसा नभएकै कारण आफन्तको खोजी कार्य नरोकियोस् भन्ने हेतुले बेपत्ताका आफन्तलाई चितवनका विभिन्न होटलमा नि:शुल्क खाना बस्नको व्यवस्था गरिएको बताए ।
पहिरोमा परी वेपत्ता भएकाहरुको खोजी कार्यमा सहयोग गर्ने र चितवन आएका आफन्तहरुलाई सहयोग गर्ने उदेश्यले चितवनका विभिन्न होटलहरुमा उनीहरुलाई नि:शुल्क खाना र बस्नको व्यवस्था गरिएको हो ।