भरतपुर, २८ असार ।
नारायणगढस्थित द टाउन सेन्टरमा शुक्रबारदेखि ग्ल्यान्स युनिसेक्स हाइजनिक सैलुन GLANCE Unisex Hygienic Salon सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर- २ का अध्यक्ष मनोज रानाभाट र वडा नम्बर- २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले संयुक्तरूपमा सैलुन उद्घाटन गरेका हुन् ।
सञ्चालक सुरेन्द्र ठाकुर र सञ्जय ठाकुरले आधुनिक सुबिधासहितको यो सैलुन सञ्चालनमा ल्याएका हुन् । यहाँ पुरुष र महिला दुबैका लागि सुबिधा दिइने सञ्चालक सञ्जय ठाकुरले बताए । `पुरुषका लागि सैलुन र महिलाका लागि पार्लर दुबै किसिमका सेवा राखेका छौँ´, ठाकुरले भने – `हामीले यसलाई हाइजनिक बनाएका छौँ । हामीले प्रयोग गर्ने क्रीमलगायतका सामग्री हाइजनिक हुनेछन् । कैंची, छुरा, टावेललगायतका
सामग्रीलाई वाष्पीकरण गरेर मात्रै दोस्रो व्यक्तिलाई प्रयोग गर्नेछौँ ।´ ग्राहकको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै सेवासुविधालाई त्यही किसिमले राखिएको पनि उनले बताए ।
वातानुकुलितसेवा सहितको सैलुनमा पुस्तकालय पनि राखिएको छ । सेवाग्राहीलाई पर्खाइमा रहँदा समय बिताउन सजिलो होस् भन्ने उद्देश्यले प्रतीक्षा कक्षमा किताब राखिएको सञ्चालक ठाकुरले बताए । `हामीले नेपाली साहित्यका विविध बिधाका किताब यहाँ राखेका छौँ । अधिकांश किताब चितवनका लेखकका छन् । हामीकहाँ सेवा लिन आउने सेवाग्राहीलाई पर्खाइमा रहनु परेको अवस्थामा यी किताब साथी बन्नेछन् । चितवन र वरिपरिका साथीहरूलाई हामीले सेवा गर्ने इच्छा राखेका छौँ´, ठाकुरले बताए ।
सञ्चालक ठाकुर दाजुभाइ २०५९ सालदेखि नारायणगढमा यहि व्यवसाय गरेर बसेका छन् । लायन्सचोकमा ह्यान्डसम सैलुन चलाइरहेका ठाकुर दाजुभाइले आधुनिक किसिमको दोस्रो सैलुन सुरु गरेका हुन् । भरतपुर-२ का वडा अध्यक्ष मनोज रानाभाटले ठाकुर दाजुभाइको पहिलो सैलुनको उद्घाटनमा पनि आफू आएर कपाल काटेको स्मरण गर्दै व्यवसायमा ग्राहकको मन जितेर टिकिरहन सक्नु नै ठुलो कमाई भएको बताए । अध्यक्ष रानाभाटले ग्राहकलाई दिइने सेवामा इमानदार रहन ठाकुर दाजुभाइलाई आग्रह गर्दै व्यावसायिक सफलताको कामना गरे ।