चितवन, २६ असार ।
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आई स्टडी जि ब्वाइज र सौराहा युवा समाजले जित हात पारेका छन् ।
लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० गोलले पराजित गर्यो । उसको जितमा प्रयास तामाङ र निशान्त परियारले गोल गरे ।
खेलको २६ औं मिनेटमा प्रयासको गोलमा जि व्बाइजले अग्रता लिएको थियो । ५९ औं मिनेटमा निशान्तले गोल गरेपछि जि ब्वाइज २-० गोलले विजयी भयो । निशान्त नै म्यान अफ दि म्याच भए ।
यो जितपछि जि ब्वाइजले समूह ए मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । उसको दुई खेलमा ३ अङ्क भएको छ । समान खेल खेलेको पानसको पनि ३ अङ्क नै छ ।
अर्को खेलमा सौराहाले नारायणी एफसीलाई ३-१ गोलले हरायो । उसको जितमा सुशील घलान, सौरभ लामा र अवेश शाहीले गोल गरे । नारायणीका सुबिर गुरुङले एक गोल फर्काए ।
खेलको २९ औं मिनेटमा गोल गर्दै सुशीलले सौराहालाई अग्रता दिलाए । ४२ औं मिनेटमा गोल गर्दै सौरभले अग्रता दोब्बर बनाए । ४४ औं मिनेटमा अवेशले गोल गरेपछि सौराहाले ३-० गोलको अग्रता लियो । ६८ औं मिनेटमा सुबिरले नारायणीका लागि गोल गरे पनि हार टार्न सकेनन् ।
सौराहाका सौरभ म्यान अफ दि म्याच भए । यो जितपछि सौराहा ३ खेलमा ५ अङ्कसहित समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको नारायणी अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।