मकवानपुर, २५ असार ।
वासुदेव–भानु स्मृति साहित्य पुरस्कारबाट दीपक गौतम सम्मानित हुने भएका छन् । वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले पुरस्कारबाट यो वर्ष साहित्यकार दीपक गौतमलांई सम्मानित गर्ने भएका हाे ।
नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक समेत रहेका मकवानपुरे साहित्यकार गौतमले साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले बताए । रिजालका अनुसार उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले २०७१ सालदेखि हरेक वर्ष भानु जयन्तीको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । असार २८ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने भएकाे हाे । आगामी शुक्रबार संस्थाले विद्यार्थीहरुबीच विभिन्न प्रतियोगिताहरु आयोजना गरी भानु जयन्ती समेत मनाउने तयारी गरेको बताइएकाे छ ।