भरतपुर, २३ असार ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लियो क्लब अफ नारायणगढ बालकुमारीको संयुक्त पदस्थापन कार्यक्रम नारायणगढमा सम्पन्न भएको छ ।
लायन्स क्लब इन्टरनेसनल ३२५ आरका गभर्नर लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यमा गत सोमबार आयोजित कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष लायन शंकरप्रसाद आचार्यले वर्ष २०२४/२५ का लागि नवनिर्वाचित अध्यक्ष शेरबहादुर पौडेललाई पद हस्तान्तण गरेका हुन् ।
त्यसैगरी लियो क्लबका वर्ष २०२३/२०२४का अध्यक्ष अच्युत आचार्यले वर्ष २०२४/०२५ का अध्यक्ष विकास गौतमलाई पद हस्तान्तण गरे ।
प्रमुख अतिथि गभर्नर दिनानाथ न्यौपानेले सपथ ग्रहण गराउँदै क्लबको योगदानको प्रशंसा गरेका थिए । भविष्यमा थप प्रभावकारी सामाजिक काहरू गर्न प्रेरणा मिलोस् भन्दै न्यौपानेले मन्तव्य राखेका थिए ।
कार्यकममा डिष्ट्रिक्ट ३२५ आरका निवर्तमान गभर्नर आरएस महत्तो, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, पूर्व डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, प्रभातकुमार जोशीलगायत डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर शंकर नेपालसहित डिष्ट्रिक्ट पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष शेरबहादुर पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै क्लबले विभिन्न संघसंस्था, सरकारी निकायहरुसँग सहकार्य गर्दै सेवाको अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा क्लबलाई योगदान गर्ने पूर्वअध्यक्ष एवम् सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सचिव गोविन्द पराजुलीले सञ्चालन गरेका थिए ।