भरतपुर, २२ असार ।
चितवन ड्राइभिङ स्कुल व्यवसायी सङ्घले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार चौबीसकोठीमा आयोजना गरिएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्णप्रसाद बरालले जानकारी दिए । कार्यक्रमको सुरुवातमा कृष्णप्रसाद दवाडीले रक्तदान कार्यक्रम गर्नुको उद्देश्यबारे बोलेका थिए ।
यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि पदमप्रसाद बजगाइँले पहिलो रक्तदाता हरि भण्डारीलाई ब्लडब्याग दिएर कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रमको अध्यक्षता चितवन ड्राइभिङ स्कुलका अध्यक्ष मनोजकुमार पोखरेलले गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रमुख वाइबी पौडेललगायतले रक्तदानको महत्त्व माथि प्रकाश पार्दै भनाइ राखेका थिए । कार्यक्रमलाई राजेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए भने कृष्णप्रसाद कँडेलले सञ्चालन गरेका थिए ।