माडी, १९ असार ।
ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन जिल्ला शाखा अन्तरगत रहेर माडी नगरपालिकामा ११ सदस्यीय नगर कमिटी तयार गरिएको छ ।
माडीमा आयोजित एक विशेष कार्यक्रमकाबीच डोलनाथ आचार्यको अध्यक्षतमा माडी नगर कमिटी गठन गरिएको हो । उपाध्यक्षमा नवीन बस्याल, सचिवमा श्रीजा थापा, सह–सचिवमा विजय चापागाईं, कोषाध्यक्षमा हरि रानाभाट, सह–कोषाध्यक्षमा राकेश चौधरी चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा फिरल महतो, भरत ढकाल, भारती न्यौपाने, रीता भट्टराई, पुनम सुनार चयन भएका छन् । यसैबीच सोही अवसरमा बसन्तपुरमा सञ्चालित रक्तदान कार्यक्रममा २१ महिलासहित कुल ८६ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाईटी नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६५ पुरुष र २१ महिलाले रक्तदान गरेका हुन । जसमध्ये १६ जना नयाँ रक्तदाता रहेका थिए ।
ब्लड डोनर्स सोसाईटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले संस्थाका सल्लाहकार भागिरथ बस्याललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख तारा काजी कुमारी महतो रहनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको पनि सहभागिता थियो । कार्यक्रमलाई ब्लड डोनर सोसाइटी चितवन शाखाका सचिव विपिन पाठकले सहजीकरण गर्नुभएको थियो ।