भरतपुर, १८ असार ।
इन्ट¥याक्ट क्लब अफ सनराइजले आयोजना गरेको ‘पब्जी’ अनलाइन खेल प्रतिस्पर्धाको सेमीफाइनल र फाइनल खेल शनिबार र आइतबार आरम्भ कलेज भरतपुरमा सम्पन्न भएको छ ।
फाइनलमा पुगेका १६ वटा समूहमध्ये काठमाडौंको फोर डिएम समूहले उपाधि जितेको छ । उपाधि विजेता फोर डिएमले ३० हजार रुपैयाँ पुरस्कार जितेको छ । प्रतियोगितामा दोस्रो हुने समूहले १५, तेस्रो हुनेले ८, चौथो र पाँचौं हुनेले २ हजार ५ सय तथा सर्वाधिक मरण (हाइएस्ट किल) गर्ने समूहले २ हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल स्थलगत (ल्यान्ड) रुपमा आरम्भ कलेजमा भएको थियो । त्यसअघिका खेल अनलाइनमा भएका थिए । प्रतियोगितामा प्रारम्भिक चरणमा ६ जनाका दरले ६४ वटा समूह सहभागी थिए । सेमीफाइनलमा भने आठ जिल्लाका २० वटा समूह सहभागी थिए । प्रत्येक समूहमा ५ जना थिए । फाइनलमा भने एक समूहमा चार जनाका दरले १६ वटा समूह भिडेका थिए ।
आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले िडजिटल प्लेटफर्ममा ई–स्पोर्टस्लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहुँच पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना भएको बताए । उनले यस प्रतियोगिताका सहभागीमध्ये चार जनालाई आरम्भ कलेजमा अध्ययन गरेको खण्डमा जनही एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने बताए ।