चितवन, १७ असार ।
चितवनका शैक्षिक परामर्श व्यवसायी र खेल पत्रकारबीच फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
मंगलबार खेलकुद पत्रकार दिवसको दिन हुने प्रतियोगितामा नेपाल शैक्षिक परामर्श संघ चितवनको दुई तथा नेपाल खेलकुद पत्रकार मञ्च चितवनको दुई गरी चार टोली सहभागी हुनेछन् । उक्त प्रतियोगिता भरतपुर ७ गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा हुने संघका अध्यक्ष दीपकचन्द्र भट्टराईले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी र मेडल प्राप्त गर्नेछ । ईक्यानको वार्षिक क्यालेन्डर अनुसार नै प्रतियोगिता आयोजना गरिएको भट्टराईले बताए । खेल क्षेत्रको विकासमा पत्रकारहरुको भूमिकालाई मूल्याङ्कन गर्दै ईक्यानले यस कार्यक्रमलाई वार्षिक क्यालेन्डरमा नै समावेश गरेको छ ।