मकवानपुर, १७ असार ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बसामाडीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका छन् ।
जंगलबाट ल्याएको सल्ले च्याउ खाँदा हेटौंडा–१९ बसामाडी बस्ने वर्ष ३६ को श्यामबहादुर बल, वर्ष १६ की अनिता बल, वर्ष ११ को रेमन बल, वर्ष ७३ की फुलमाया र वर्ष ३४ को तुलबहादुर मोक्तान बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो एक महिनामा जंगली च्याउकाे सेवनबाट तीन जनाको मृत्यु भइसकेको छ ।