गैँडाकोट, १५ असार ।
`महर्षि जनक स्मृति गैँडाकोट प्रज्ञा पुस्तकालय´को स्थापनासँगै गैँडाकोट ५ स्थित सहमति संस्थाले गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानलाई एक थान ल्यापटप र एक थान प्रिन्टर सहयोग गरेको छ ।
प्रतिष्ठानको लेखा प्रणाली राख्न तथा कम्प्युटर सम्बन्धी कामका लागि सघाउ पुगोस् भन्ने हेतुले ल्यापटप र प्रिन्टर सहयोग गरेको हो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं नगरप्रमुख मदनभक्त अधिकारीलाई प्रतिष्ठानको सभाहलमा ल्यापटप र प्रीन्टर हस्तान्तरण गरे ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा सहमतिका महासचिव बेलप्रसाद पौडेल, सञ्चालक सदस्य दयासागर सुवेदी, गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, जनक नमुना माविका प्रधानाध्यापक चूडामणि शर्मालगायतको उपस्थिति रहेको थियो ।
ल्यापटप हस्तान्तरण गर्दै सहमतिका अध्यक्ष होमनाथ सुवेदीले यसको सदुपयोग गर्न आग्रह गरे । गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव भीमप्रसाद शर्माले सहयोगी संस्थाप्रति आभार व्यक्त गरे ।