भरतपुर, १३ असार ।
भरतपुरमा रहेको अर्किड स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि एसईईको परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलका अनुसार स्कुलका २ जना विद्यार्थीहरुले यसवर्ष ४ जीपीए ल्याएका छन् । विद्यार्थीहरु प्रज्वल अर्याल र किञ्जल खरेलले क्रमश ४ जीपीए ल्याउन सफल भएका छन् ।
अर्किड स्कुलबाट एसईई दिएका ११७ जना विद्यार्थीहरुमध्ये ५२ जनाले ३.६ देखि ४ जीपीए र ५८ जनाले २.५५ देखि ३.५९ जीपीए ल्याएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर- १० हाकिमचोकस्थित अर्किड स्कुल विद्यार्थी र अभिभावकहरुको रोजाइमा पर्दै आएको छ ।