भरतपुर, १३ असार ।
भरतपुर- ११ स्थित नारायणी पब्लिक स्कूलका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा नारायणी पब्लिकका विद्यार्थी एलिजा सिग्देल र जानभी कँडेलले ४ जिपिए ल्याएका हुन् ।
गतवर्ष पनि यस स्कूलका २ विद्यार्थीले ४ जिपिए ल्याएका थिए भने विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको थियो । यसपटक पनि ८० जना विद्यार्थीले एसईई दिएकोमा २ जनाको ४ जिपिएसहित ३० जनाले ए प्लस ल्याएको स्कूलका प्रिन्सिपल बेदराज न्यौपानेले जानकारी दिए ।