भरतपुर, १३ असार ।
भरतपुर-२ आँपटारीस्थित स्मल हेभन मोडेल स्कुलका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा विद्यार्थी प्रशंसा पराजुली र अङ्कुर मिश्राले ४ जिपिए ल्याएका हुन् । दुई विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल विमल क्षेत्रीले बताए ।
उनका अनुसार स्कुलका १८ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका छन् । यसवर्ष स्मल हेभन मोडेल स्कुलका ५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।