मकवानपुर, ८ असार ।
साहित्य संगम मकवानपुरले नियमित सन्ध्याअन्तर्गत शनिबारको गोविन्द खड्का तथा गणेशकुमार पौडेल स्मृति कार्यक्रम गरेकाे छ । संगमकाे ३४४औं नियमित साहित्य सन्ध्यामा स्वर्गीय गाेविन्द तथा गणेश विशेष रचना वाचन कार्यक्रम गरिएकाे हाे ।
साहित्य सन्ध्यामा १५ जना स्रष्टाले साहित्यका विविध विधामा रचना वाचन गरेका थिए । राजकुमार चौधरी, ऋषिराम पाण्डे, राजकुमार राउत, सुवास सजल, संप्रस पौडेल आँप, सानु खनाल र देवराज खरेलले कविता वाचन गरेका थिए ।
यसैगरी अनिता पौडेलले मुक्तक र मिथिला अधिकारी गजल वाचन गरेकाे सन्ध्यामा छवि अनित्य, सानुभाइ विश्वकर्मा, राजुराम राउत तथा अग्रज साहित्यकार रमेश मोहन अधिकारी, देवराज तिवारी र जनार्दन खनालसमेत आआफ्ना रचना वाचन गरे ।
स्व. खड्का र पौडेलको तस्वीरमा माल्यार्पण गरि सुरु गरिएकाे सन्ध्या संगम अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा भएको थियाे ।