सौराहा, ४ असार ।
ग्लोबल आइएमई बैंक लिमिटेडका सेवाग्राहीहरुले सौराहास्थित होटल आइकावा इन प्रालिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रालिका प्रतिनिधिले बैंकका सेवाग्राहीले होटलमा सेवा लिएमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिए वापत १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकका बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्लेले जानकारी दिए । होटल आइकावा इन प्रालि सौराहा चितवनमा रहेको एक मात्र चारतारे होटल हो । होटलका प्रबन्धक हरि शर्मा अर्यालले ग्लोबल आइएमइ बैंकसँग यो किसिमको समझदारी गर्न पाउँदा खुसी लागेको बताए । ‘बैंकसँगको आवद्धताको प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा तथा सुबिधामा छुट दिइनेछ’, अर्यालले भने ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।