चितवन, २८ जेठ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवाहक अध्यक्षमा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले जिम्मेवारी पाएका छन् । रसाईली महासंघको आसन्न चौथो महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार हुन् ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्य वैदेशिक भ्रमणमा जानुपर्ने हुनाले अध्यक्ष शाक्यको उपस्थिति नहुँदासम्मको लागि महासंघको नियमित कार्यहरु गर्न गराउनको लागि वरिष्ठ उपाध्यक्ष रसाईलीलाई आइतबार अख्तियारी पत्र अध्यक्ष शाक्यले हस्तान्तरण गरेका हुन् ।
वि.सं २०५३ सालदेखि सुनचाँदी व्यवसायमा संग्लन रसाईली २०६२-६५ सम्म नेपाल सुनचाँदी व्यवसायी संघ , शाखा चितवनको कार्यसमिति सदस्य, २०६५-६८ सम्म नेपाल सुनचाँदी व्यवसायी संघ शाखा चितवनको अध्यक्ष, २०६९-७० सम्म नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समिति सदस्य, २०७०-७३ सम्म महासंघको उपाध्यक्ष, २०७३-७७ सम्म महासंघको प्रथम उपाध्यक्ष र २०७७ देखि हालसम्म महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका छन् ।