भरतपुर, २१ जेठ ।
अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनको अध्यक्ष पदमा विद्या भण्डारी चिराग चयन भएकी छन् । प्रतिष्ठानका अध्यक्ष सीताराम कोइरालाको अध्यक्षतामा सोमबार बसेको बैठकले भण्डारीलाई अध्यक्ष पदमा चयन गरेको हो ।
त्यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा नवराज ढुंगाना, सचिवमा रामकृष्ण अनायास तथा सदस्यमा सीताराम कोइराला, उपेन्द्र त्रिपाठी र लेखराम सापकोटा चयन भएका छन् ।
२०५९ सालमा स्थापना भएको अभिव्यञ्जना साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष रमेश प्रभात हुन् । प्रतिष्ठानमा गोपाल पौडेल, सुरेन्द्र अस्तफल, गणेश श्रमण र सिर्जन अविरलले नेतृत्व लिइसकेका छन् ।